HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us
विराटचौकका युवा उद्योगी सम्मानित 
स्वर्गिय कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले वार्षिक पुण्य तिथिको अवसरमा पत्रकार महासंघ मोरङका सचिव विक्रम लुइँटेलसहित तीन जनालाई सम्मान गरेको छ ।
एमाले नेता ओलीले लुइँटेलसहित मोरङ विराटचौकका युवा उद्योगी भोला दुलाल र सुनसरीको जनता उच्च मावि मधुवनवाट यस बर्षको एसएलसी परिक्षामा सर्वोकृष्ठ अंक ल्याउने प्रमोद यादवलाई नगद पुरस्कारसहित सम्मान गरे ।
 
खानेपानीमा एडीबीको ३.३८ अर्ब सहयोग

 

विजय देवकोटा
काठमाडौं, १ भदौ
दोस्रो सानो सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत २० भन्दा बढी खानेपानी आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले ३ अर्ब ३८ करोड अर्थात् ४ करोड ५१ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
कुल लागत ७ करोड १७ लाख अमेरिकी डलरका यी आयोजनाहरूमा बैंकको ४ करोड ५१ लाख, नेपाल सरकारको २ करोड ५ लाख र स्थानीय उपभोक्ताको ६१ लाख डलर लगानी छ ।
अनुदानमार्फत प्राप्त यो रकमबाट चार विकासक्षेत्रका विभिन्न जिल्लामा २० भन्दा बढी आयोजना बनाउने सरकारको लक्ष्य छ । “एक आयोजनाबराबर १५ हजार जनतालाई खानेपानी सुविधा पु¥याउनेछौं ।” खानेपानी तथा ढल निकास विभागका इन्जिनियर दीपक पुरीले भने, “यी आयोजनाहरूबाट ३ लाख जनताले खानेपानी सुविधा उपभोग गर्नेछन् ।”
खानेपानी तथा ढल निकास विभागमार्फत यो सहयोगबाट आयोजनाहरू निर्माण गरिनेछ । यो सहयोगमार्फत आधारभूत सेवाबाट वञ्चित नगरोन्मुख बस्ती एवं सहरहरूमा एकीकृत रूपमा २० भन्दा बढी गुणस्तरिय खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुनेछ । एक जनाले १ सय लिटर पानी प्रतिदिन उपभोग गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ ।
पहिलो चरणको आयोजनाका लागि विभिन्न १२ वटा नगरोन्मुख बस्ती छनाट गरिएको छ । यी बस्तीहरूअन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रमा दुहबी (सुनसरी), इन्द्रपुर (मोरङ), दमक (झापा) र पाँचथर (फिदिम) रहेका छन् । पश्चिमाञ्चल विकास क्षेत्रमा करैयामकहर (रूपन्देही), बाग्लुङ बजार (बाग्लुङ¬) र सन्धिखर्क (अर्घाखाँची) छन् । त्यस्तै मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा लमही (दाङ) र नारायण नगरपालिका (दैलेख) एवं सुदूरपश्चिमाञ्चल विकासक्षेत्रमा खलंगा (बैतडी), शिवनगर (कैलाली) र भासी (कञ्चनपुर) छन् । त्यस्तै दोस्रो चरणको आयोजना सञ्चालनका लागि साना सहरको छनोट गर्ने काम भइरहेको पुरीले कारोबारलाई बताए ।
एसियाली विकास बैंककै ऋण सहयोगअन्तर्गत प्रथम चरणमा २९ वटा कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । यसबाट करिब ५ लाख जनता लाभान्वित भएका छन् । सोही कार्यक्रमको निरन्तरता स्वरूप दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको हो ।
सहरी खानेपानी तथा सरसफाइ नीति २०६६ ले तोकेको परिभाषा तथा खानेपानी तथा सरसफाइसम्बन्धी अद्यावधिक पन्ध्रवर्षीय विकास योजना २०६७ मा सूचीकृत २ सय ३३ वटा नगरोन्मुख सहरमा स्वच्छ खानेपानी सेवा पु¥याउने सरकारको योजना छ ।

 


विद्युत चोरी गर्ने तरिका

मोरङको हरैंचा बजारमा रहेको  ॐ साई ग्रील उद्योगमा अवैधानिकरुपमा बिजुलीको पोलमा जोडिएको तारबाट ड्रील र लेथर मेसिन चलाइएको पाइएपछि जफत गरी गाडीमा राख्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । विराटचोक झोराहाट खण्डमा सयौंले अवैधानिक तरिकाले पोलबाट लाइन जोड्ने गरेका छन् । यसरी जोखिमपूर्ण रुपमा लाइन जोड्नाले केहिले ज्यान समेत गुमाएका छन् भने मिटर नराखेका कारण अत्याधिक भोल्टेजका कारण घरमा आगलागीसमेत हुने गरेको छ ।
सञ्जीव खनाल/रासस

माओवादीले नेतृत्व पाउँदैन

विराटनगर, श्रावण १ - 
श्रम तथा यातायात मन्त्री मोहम्मद आफताव आलमले हतियार मोहमा रहेको माओवादीले आफ्नो अर्धसैन्य बल वाईसीएल विघटन र जनसेना नत्यागेसम्म सरकारको नेतृत्व नपाउने दाबी गरेका छन् ।

मोरङको इन्द्रपुर ५ मा स्थापना भएको मदरसा सेराजुल उलुम भवनको शनिबार उदघाटन गर्दै उनले यस्तो दावी गरेका हुन् । माओवादीले आफूलाई नागरिक पार्टी घोषणा गरी हतियारको दम्भ त्याग्नुपर्ने सुझाव दिदै मन्त्री आलमले माओवादीको अहिलेका यावत क्रियाकलाप युद्धकालिन अवस्थाकै रहेको उल्लेख गरे ।

मन्त्री आलमले तोकिएको अवधिमा संविधान निर्माण हुन नसक्नु माओवादीको क्रियाकलाप मुख्य दोषी रहेको आरोप समेत लगाए । माओवादीकै कारण नेपालमा जातीय र क्षेत्रीय मुद्दाले देशलाई विखण्डन गर्ने दिशामा लगेको आरोप उनको थियो ।

 

सकेला पर्व बिराटचोकमा
किराँत समुदायको मुख्य चार्ड साकेला उभौली बुद्ध पूर्णिमाको दिनबाट धुमधामका साथ सुरु भएको छ । साकेला सिली भुमिदेव स्थलहरुमा स्थानिय किराती पुजारी नछुङ÷नक्छुङ बिधिवत पुजा गरेर औपचारिक रुपमा साकेला चार्ड सुरु भएको छ । बिशेष गरेर किराती समुदायका माहनुभावहरु आफ्नो पायक पर्ने साकेला देवस्थलहरुमा जमघट भई मनाइने यो चार्डमा अन्य समुदायका मानिसहरुको समेत उल्लेख सहभागिता रहेको छ । 
बुद्वपुणिमादेखि १५ दिनसम्म मनाइने यो चार्ड झापा मोरङ सुनसरी उदयपुरसोलुखोम्बु खोटाङ भोजपुर धनकुटा संखुवासभा लगायत सम्पुर्ण किराती बस्तीहरुमा धुमधामका साथ मनाइन्छ यस्तै गरेर इन्द्रपुर प्र। का। बिराटचौकले आयोजना गरेको साकेला पर्वमा विभिन्न ठाउँबाट साकेला सिली प्रदर्शन गर्न आएका थिए ।

दुङ्माली राइ (चन्द्र किराती) बाट

 

 

 

 

detail article image
सकियो विराट महोत्सवको रमझम
डेढ सातासम्म मोरङको विराटचोकवासीको दिन रमझम र रमाइलोमा बित्यो । विराटचौकमा पहिलो पटक सञ्चालित महोत्सवमा राष्ट्रियकलाकारहरूले दिनहुँजसो मञ्च तताए । महोत्सवको रमाइलोमा १२ दिन बितेको प    त्तै नपाएको स्थानीय बासिन्दा प्रकाश खनालले बताए । चर्चित हास्यटेलिसिरियल तीतो सत्य, मेरीबास्सै, भुइूचालो आदिका कलाकारहरूले गरेको प्रस्तुतिको विराटचोकवासी मात्र नभएर आसपासका गाविसहरू बेलबारी, डागीहाट, सुन्दरपुर, हरैचा तथा मृगौलियाका सर्वसाधारणले पनि मनोरञ्जन प्राप्त गरे । 

 कलाकारको प्रस्तुति हेर्न मध्याह्नदेखि चर्को घाममा तालु तताएर बसेका दर्शकहरू जब कार्यक्रम सुरु हुन्थ्यो अनि बिर्सन्थे दिनभरको कस्ट अनि बस्थे तालु चिसो हुन्जेल रातिसम्म । ग्रामिण बजार विराटचोकमा यति धेरै दर्शक आयोजकहरूसमेत छक्क परे । दर्शकका लागि छुट्याइएको ठाउँले नपुगेर नजिकैको घरको छतमा समेत टन्न मानिस देखिन्थे । 

महोत्सवमा तीतो सत्यका दीपकराज गिरी र दीपाश्री निरौला, मेरी बास्सैका सीताराम कट्टेल 'धुर्मुस', कुञ्जना घिमिरे 'सुन्तली', केदार घिमिरे 'माग्नेबूढा', त्यस्तै रवि डंगोल 'बेइमान', नारद खतिवडा आदि कलाकारले १२ दिनसम्म पर्याप्त हँसाए भने हिमाल सागर, तुलसी पराजुली आदिले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । स्थानीय कलाकारको विभिन्न प्रस्तुतिले कार्यक्रममा अलग रौनक थपेको थियो । 

रमाइलो मात्र नभएर महोत्सवमा कारोबार पनि लक्ष्यभन्दा दोब्बर भएको थियो । डेढ लाखभन्दा बढीले अवलोकन गरेको महोत्सवले ४ करोडभन्दा बढीको कारोबार गरेको आयोजक समितिका संयोजक भोला दुलालले बताए । उनले भने- 'हामीले २ करोडको कारोबार गर्ने लक्ष्य राखेका थियौं । सबैभन्दा बढी अटो मोबाइल्सका सामानको कारोबार भएको छ ।' महोत्सवमा विभिन्न स्किमले गर्दा पनि कारोबार बढेको अनुमान सबैले गरे ।

    

बिराट महोत्सब 

इन्द्रपूर ब्यापार प्रबन्ध समीती बिराट्चोक को आयोजनामा २०६६ फाल्गुन १३ गते देखी फाल्गुन १५ गते सम्म पूर्वाञ्चल क्षेत्रीय कृषि, सास्कृतिक औधोगिक ब्यापार महोत्सब भैरहेकोछ। कृषि पर्यटन् लाई बिशेष प्रबर्धन गर्ने उदेस्यले देशका बिभिन्न क्षेत्रहरुबाट प्रदर्शनहरुको सहभगिता हुने यस् महोत्सबमा बाल बालिकाहरुको मनोरन्जनका लागि रमाइलो मेलाका साथै बालपरिसरको ब्याब्स्था गरिएकोछ भने बिराट कला समुह बिराट्चोक र राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु बाट बिभिन्न सास्कृतिक र हास्य ब्यङय कार्यक्रमको

 प्रस्तुती भैरहेकोछ/ 

ब्याबसायीहरुको उपभोक्ताहरु सँग प्रत्यक्ष संपर्क हुने यस् महोत्सब्मा स्वदेशी उधोग र उत्पादनको प्रचार-प्रसार तथा बिक्री-बितरण भैरहेकोछ। 

जिल्ला बिकास समिती मोरङ, इन्द्रपूर जेसिज बिराट्चोक र इन्द्रपूर गाउ बिकास समिती सह-आयोजक रहेकाछन भने अफिसियल मिडिया इमेज एफ. एम. ९७०९ मेघाहर्ज र संयन्त्र साप्ताहिक रहेकाछन/

दुङ्माली राइ (चन्द्र किराती) बाट  

 

 


किराँतहरूले भने / ‘सोइ ढोले सोई, नयाँ संविधान खोई ?’

2010-06-08 भूपेन्द्र तिम्सिना, (झापा), दिगो शान्ति र संविधान निर्माणको नारा अघि र्सार्दै किराँत-राईहरूले मोरङको कानेपोखरीमा सोमबार पूर्वाञ्चलकै ठूलो जमघट गरी साकेला पर्व मनाएका छन्। 

 

यस वर्षकिराँत राई यायोक्खाले अघिल्लो वर्षो किराँत स्वायत्त राज्यको नारालाई निरन्तरता दिँदै थपमा दिगो शान्ति र संविधानको कुरालाई जोडेको यायोक्खाका मोरङ अध्यक्ष तिलकप्रसाद राईले अर्थ्याएका छन्। सहभागीहरूले सिलीमा सोइ ढोले सोई, नयाँ संविधान खोई ? भन्ने वाक्यांशसमेत प्रयोग गर्दै समयमै संविधान निर्माण नभएकोप्रति चिन्ता व्यक्त गरेका छन्। किराँत-राई विद्यार्थी संघका मोरङ अध्यक्ष सुसित राई भन्छन्- ‘हामी विद्यार्थीहरूले साकेलाको सांस्कृतिक पाटोलाई जोगाउँदै देशमा स्थायी शान्ति र जनताको संविधान चाँडै बनोस् भन्ने कुरासमेत जोड्नु आजको आवश्यकता ठान्यौं।’ 
संघले त साकेलाको जातीय सांस्कृतिक पाटोलाई जोगाउन दौरा-सुरुवाल, टोपीका साथ धनुकाँड भिरेर कार्यक्रमलाई जीवन्त बनाउने काम गरेको छ। संघको यसखाले प्रस्तुतिले बेलबारी, इन्द्रपुर र डाँगीहाटमा पुरस्कारसमेत जितिसकेको छ।

 

प्रकृतिको पूजा गर्दा समयमा पानी पर्ने र बाली सप्रिने सांस्कृतिक मान्यताका साथ उभौलीका रूपमा वैशाखे पूणिर्मादेखि औंशीसम्म १५ दिने अवधिमा यायोक्खाले जिल्लाभर सामूहिक साकेला प्रस्तुतिको कार्यक्रम राख्दै आएको छ। २०३९ सालदेखि कानेपोखरीमा सामूहिक रूपमा हजारौं मानिस भेला भई साकेला सिली प्रस्तुत गर्न शुरू गरिएको हो । कानेपोखरीमा हुने भेला पूर्वाञ्चलकै ठूलो मानिन्छ। पूर्वाञ्चलका जिल्लाहरूबाट कानेपोखरीमा सहभागी भई विशेष गरी युवापुस्ता संस्कृति बचाउन लागेको देखिन्छ। राई, याक्खा र सुनुवारको विशेषपर्व मानिए पनि केही वर्षतादेखि अन्य जातजातिले पनि साकेलामा आफ्नो सहभागिता जनाई सांस्कृतिक सद्भाव साट्ने गरेको यायोक्खाका जिल्ला सचिव अर्जुन जम्नेली राईले बताए। यसपालि पनि विराटनगर र बयरबनका दुई समूहले लिम्बुजातिको च्याब्रुङ नाच प्रस्तुत गरेका छन्। 

जेठ १३ देखि जिल्लामा शुरू भएको सामूहिक साकेला सिली प्रस्तुत गर्ने कार्यक्रम २६ गते पथरीमा पुगेर समाप्त हुनेछ। झापामा भने यायोक्खाले जेठ २९ गते लखनपुरको सीतापुरीमा सामूहिक साकेला प्रस्तुतिको कार्यक्रम समाप्त गर्नेछ।

 

भर्ना अभियानसँगै प्रतिस्पर्धा

सुदिप कोइराला /राजधानी 
मोरङ्ग, १ जेठ 
निजी बिद्यालयप्रतिको बढ्दो आकर्षाका कारण खस्कदै गएको शैक्षिक अवस्थाबाट माथि उठ्न यँहाका सरकारी बिद्यालयहरु यतिबेला भर्ना अभियान सँगै प्रतिष्पर्धामा उत्रिएका छन् । 
नेपाल सरकारको निर्देशन अनुशार भर्ना अभियानमा जुटेका सरकारी बिद्यालयहरुले अभियानसँगै प्रतिष्पर्धा पनि आवश्यक रहेको विद्यालय स्रोतले जनाएका छन् । 
मोरङ्गका ९ क्लस्टर मध्येका इन्द्रपुर क्लस्टर ४ का ५४ बिद्यालयहरुले प्रतिष्पर्धा आवश्यक रहेको महशुष गरेका हुन् । मोरङ्गको दुलारी ९ गोठगाँउ स्थित रहेको पञ्चायत माबिका प्रधानाध्यापक बिनोद भट्टराइले भने सुकुना माबि इन्द्रपुर स्रोत केन्द्र अर्न्तर्गत रहेका यी बिद्यालयहरु निजी बिद्यालयसँगको प्रतिष्पर्धाको तयारीमा जुटेका छन् । उनका अनुशार निजी बिद्यालयजस्तै अंग्रेजी पाठ्यपुस्तकको समेत पठनपाठन गराउने तयारी गरेका छन् ।
निजी बिद्यालयजस्तै टाइ, बेल्ट र जुत्ता अनिवार्य बनाएर निजी बिद्यालयको प्रतिष्पर्धामा उत्रिएका यी बिद्यालयहरुले अहिले भने पाठ्य समाग्रीको परिवर्तन र अनुशासनमा समेत बढोत्तरी गर्ने लक्ष्य लिएका छन् । अभियानसंगै भर्ना हुने बिद्यार्थीको संख्यामा बृद्धी भएको छ । मोरङ्ग सुन्दरपुर १ का भेष बहादुर थापाका आफुलाई सरकारी बिद्यालयमा राम्रो पढाइ नहुने , तथा बालबालिकामा अनुशासन समेत हराउने भन्ने छाप परेको तर अभियानका पछि सरकारी बिद्यालयले पनि केही गर्न सक्छन् जस्तो लागेको बताए । 
मध्यमबर्गिय थापाले छोराछोरीको उज्जवल भबिष्यकालागी आफ्ना दुइ बालबालिकालाई आँगनमा रहेको सरकारी बिद्यालयमा नभइ अधिक खर्च ब्यहोरेर गछिया स्थित एक निजी बिद्यालयमा भर्ना गराएको पनि बताए । 
मोरङ्गकै इन्द्रपुर स्थित सुकुना माबिका शिक्षक पदम प्रसाद बिमलीका अनुशार भने सुकुना स्कुलकालागी भर्ना अभियान प्रभावकारी भएको छ । उनले भने ः बिगतका बर्षन्दा यस बर्षभर्ना अभियान प्रभावकारी भयो । यद्यपी अपेक्षित सफलता भने हासिल हुन नसकेको उनले बताए । 
जिल्ला शिक्षा कार्यलयका अनुशार अहिले मोरङ्गमा मात्रै प्राबितहमा एक लाख ३७ हजार बिद्यार्थी अध्ययनरत छन् । 


Copyright 2008, Biratchowk.com,All right reserved.