HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

सामान्य व्यवसायबाट करोडौंको मालिक

विराटनगर, माघ ८ - उनी अरूको घरमा २ सय मासिक तलब लिएर काम गर्थे । त्यसयता २० वर्ष बितेको छ । उनी आज करोडौंको सम्पत्तिका मालिक बनेका छन् । मोरङको विराटचोकका भोला दुलाल तिनै व्यक्ति हुन् ।

द्वन्द्वको समयमा उद्योगहरू धराशायी भइरहेका बेला सामान्य पसलबाट व्यापार सुरु गरेका उनी ठूलो उद्योगपति बनेर उदाहरण बनेका छन् । कर्म गरे फल आफैँ प्राप्त हुन्छ भन्ने दुलाल विगतका दिन सम्झँदा आफै आश्चर्यमा पर्छन् । 'मैले सोचेको

थिइनँ । १५ वर्षअघि एउटा साकइल किन्दा मलाई दुनियाँ जिते जस्तो लागेका थियो । हर्षले साइकल चढेर सारा गाउँ घुमेको थिएँ,' उनले सम्भिmए, 'आज ४० लाखको गाडीमा हिँड्नु सामान्य भएको छ ।' दुलालले अमेरिकामा समेत पेट्रोल पम्पमा लगानी गरेका छन् । 'मेहेनत र इमान्दारिताले यहाँसम्म आएको हुँ,' उनले भने । उनले अहिलेसम्म १५ भन्दा बढी राष्ट्र घुमिसकेका छन् । एक समय अर्काको घरमा काम गरेर गुजारा गर्ने दुलालले अहिले अढाइ सय जनाभन्दा बढीलाई रोजगारी दिएका छन् ।

पछिल्लो समय औद्योगिक लगानी घटिरहेको र सर्वत्र उद्योग घाटामा गइरहेका बेला उनले भर्खरै चारवटा नयाँ उद्योग स्थापना गरेका छन् । ४३ हजार रुपैयाँको पुँजीबाट सुरु गरेको व्यापारमा अहिले २० करोडको पुँजी पुगेको छ । उनले भने, 'राज्यलाई वाषिर्क कर मात्र ५० लाखभन्दा बढी बुझाउँछु ।' केही समयअघि उनले आफ्नो सम्पत्ति घोषणा गरेर १५ लाख रुपैयाँ कर बुझाएका थिए ।

मोरङ जिल्लाको राजघाटमा ३४ वर्षअघि जन्मेका उनी अहिले तीन उद्योगका मालिक छन् । पढाइ खर्च नभएर दमक बजारमा मेसनरी पसलमा काम गर्दाको सम्झना अझै ताजा छ उनको मस्तिष्कमा । उनले सुनाए, 'त्यस बेला मासीक २ सय रुपैयाँ र खान बस्न दिइएको थियो । त्यहाँ साहूका लुगा धुनेदेखि भाँडा माझ्ने काम पनि गरें ।' चार वर्ष काम गरेबापत १८ हजार रुपैयाँ एकमुष्ठ लिएका थिए । भारतमा काम गर्न गएका दाजुले केही पैसा पठाइदिए । माइजूले गहना राखेर २० हजार रुपैयाँ सहयोग गरिन् ।

'सबैतिरबाट जुटाएको ४३ हजार रुपैयाँले विराटचोकमा २०४८ सालमा मेसनरी पसल खोलें,' उनले भने । अहिले पनि त्यो पसल चलिरहेकै छ । त्यसको व्यापार निकै फस्टायो । उनको व्यापारलाई इन्द्रपुर गाविसमा रहेको कृषि विकास बैंकले सहयोग गरेको

थियो । व्यापारबाट राम्रो कमाइ भएपछि उनले २०५८ सालमा १ करोड १० लाख रुपैयाँ लगानी गरेर पूर्वाञ्चल ल्युब आयल स्थापना गरे । त्यसले पनि उनलाई सफलता दिलायोे । उनले नयाँ क्षेत्रमा लगानी गरे लगानी नडुब्ने अनुभव हासिल गरेका छन् ।

त्यो उद्योगपछि उनले २०६४ सालमा जी सेभेन पेन्स उद्योग खोले । त्यसको लगत्तै उनले प्रयोग भइसकेको मोबिललाई पुनः प्रशोधन गर्ने जी प्याक उद्योग काठमाडौंमा स्थापना गरेका

छन् । उनी जर्मनी प्रविधिमा सिमेन्टबाट इँट बनाउने उद्योग खोल्ने तयारीमा छन् । ५ करोडको लगानीमा यो उद्योग स्थापना गर्न लागेको उनले बताए ।  

प्रकाशित मिति: २०६७ भाद्र २२ ०९:४६

 

 



Copyright 2008, Biratchowk.com,All right reserved.