HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

आफैँले लेखेको पुस्तक पढाउन जिशिअको दबा

विराटनगर, १४ असोज

मोरङका शिक्षा अधिकारी प्रमोदकुमार साहले पदको दुरुपयोग गर्दै आफूले लेखेको पुस्तक जिल्लाका प्राथमिक विद्यालयमा पठनपाठन गराउन दबाब दिएका छन् । कक्षा १ देखि ५ सम्म पढाइ हुने अंग्रेजीका ऐच्छिक पाठ्यक्रममा आधारित पुस्तक उनले लेखेका हुन् 

जिशिअ साह र बी केलाल कर्णले संयुक्त रूपमा लेखेको ग्लोबल इंग्लिसको पुस्तक अरू अंग्रेजीपाठ्यपुस्तकभन्दा दोब्बर मूल्यको छ । सो पुस्तक मोरङका प्रामथिक विद्यालयमा अनिवार्य अध्ययन गराउन जिशिअले दबाब दिइरहेको पाइएको छ 

यसअघि राजेन्द्र बुढाथोकीको ऐच्छिक अंग्रेजी पढाइ भइरहेका केही विद्यालयमा शैक्षिक सत्रको बीचमा आएर उनले लेखेको पुस्तक 'गोल्डेन इंग्लिस' पढाउन थालिएको छ । 'जिशिअ सा'बले भनेपछि १५ दिनअघिदेखि यो किताब पढाउन सुरु गरेका छौँ,' विराटनगरको एक प्राविका प्रअले आफ्नो नाम नाछाप्न आग्रह गर्दै भने, 'हाकिमले भनेको नमाने विद्यालयको काम रोकिदेलान् भन्ने डर, त्यसैले यही किताब पढाउन सुरु गरेँ ।'

विद्यार्थीले किन्न नसके विद्यालयकै स्रोतबाट भए पनि पुस्तकको पैसा मिलाउन जिशिअले भनेको समेत उनले जानकारी दिए । जिशिअ साहले विद्यालयका प्रअलाई प्रस्ताव गरेर झापाका रिजाल थरका व्यक्तिलाई किताब पुर्‍याउने र पैसा उठाउने जिम्मा दिएका छन् 

विराटनगरको जनपथ स्रोतकेन्द्रअन्तर्गतका ३० विद्यालयका प्राथमिक कक्षामा जिशिअ साहले लेखेको गोल्डेन इंग्लिस पढाउन सुरु गरिएको छ । त्यसैगरी, पूर्वी मोरङका शनिश्चरे, पथरीलगायतका अधिकांश विद्यालयमा गोल्डेन इंग्लिस यसै वर्षदेखि पढाउन सुरु गरिएको छ । यसअघि ऐच्छिक अंग्रेजी विद्यार्थीले ४० देखि ५० रुपैयाँसम्ममा किनेर पढ्दै आएका थिए । साहका पुस्तकको मूल्य सयदेखि १६० रुपैयाँ रहेको छ । नर्सरीको सय रुपैयाँ, कक्षा-१ को १२५ रुपैयाँ, कक्षा-२ को १३५ रुपैयाँ, कक्षा-३ को १४० रुपैयाँ, कक्षा-४ को १४७ रुपैयाँ र कक्षा-५ को १६० रुपैयाँ मूल्य रहेको छ । गोल्डेन इंग्लिसको चर्को मूल्य तिर्नुपर्दा विद्यार्थीलाई आर्थिक भार परेको छ 

स्रोतका अनुसार, किताबमा ३० देखि ५० प्रतिशतसम्म कमिसन विद्यालयका प्रअलाई दिइएको छ । 'अधिकांश विद्यालयले विद्यालय सुधार योजना बनाउने पैसाबाट उक्त पुस्तक खरिद गरेका छन्,' स्रोतले भन्यो, 'त्यतिले नपुगेमा वाषिर्क मसलन्दको पैसा र सरकारले दिने पुस्तकको रकमबाट दिइरहेका छन् ।'

जिशिअ साह जिल्लाभरिका विद्यालयमा आफ्नो पुस्तक लागू गराउने तयारीमा रहेको बुझिएको छ । जिल्लाका ५४० प्राथमिक विद्यालयमा १३ हजार ६३६ विद्यार्थी रहेका छन् । यदि, सबै विद्यालयमा यो पुस्तक लागू गराउने हो भने पुस्तकको मूल्यअनुसार, करिब १९ लाख ८१ हजार रुपैयाँ संकलन हुन्छ 

यता जिशिअ साह भने आफू व्यावसायिक लेखक भएकाले पुस्तक प्रकाशन गर्न पाउनुपर्ने दाबी गर्छन् । 'म त प्रोफेसनल राइटर हुँ,' जिशिअ साहले भने, 'मैले अहिलेसम्म ९६ वटा पुस्तक लेखिसकेको छु । त्यसमध्ये धेरै पुस्तक नेपालभरिका विद्यालयमा अनिवार्य विषय पनि पढाइ भइरहेका छन् । मैले पुस्तक निकालेर बेच्न नपाउने ?'

उनले जिशिअको नोकरी गर्न इच्छा नहुँदा नहुँदै पनि बाध्यताले गर्नुपरेको समेत बताए । 'मलाई यो जिशिअको जागिर खान मनै थिएन । अझै कति किताब लेख्ने योजना छ,' साहले भने, 'बरु तपाइर्ंका भाइ-बहिनीलाई पनि चाहिन्छ भने मसँग सम्पर्क गर्नोस् ।'

जिशिअ साहले सबै स्रोतकेन्द्रमा पुस्तक किन्न दबाब दिँदै हिँडेको बुझिएको छ । 'किताब छ, लिनोस् भनेर जिशिअले भन्नुभएको हो,' विराटचौक स्रोतकेन्द्रका पीतकुमार श्रेष्ठले भने, 'तर, हामीले अर्कै पुस्तक लगायौँ ।' नेपाल शिक्षक युनियन मोरङका अध्यक्षसमेत रहेका श्रेष्ठले जिशिअले पदीय दुरुपयोग गरी दबाब दिएर किताब किन्न लागएकोबारे आफूलाई थाहा नभएको बताए । 'यदि दबाब दिएर किताब किन्न लगाइएको हो भने त्यस्तो गर्नु ठीक होइन,' अध्यक्ष श्रेष्ठले भने 

शैक्षिक गणतान्त्रिक मञ्च मोरङले दबाबमा पुस्तक किन्न लगाएको भए त्यस्तो कार्य रोक्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष जगन निरौलाले ऐच्छिक विषय भएकाले विद्यालयले जुनसुकै लेखकको पुस्तक पढाउन सक्ने बताए 

कलेज बस ठोक्किँदा ४० भन्दा बढी घाइते

दुई विद्यार्थी सिकिस्त-

अमर खड्का, इटहरी, भदौ ६ (नागरिक)- कलेजका विद्यार्थी बोकेको बस र यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरपुरमा आइतबार अपराह्‍न एकापसमा ठोक्किँदा ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १५ जना विद्यार्थी छन्। इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी पुर्‍याउन पूर्व जाँदै गरेको को १ प १११९ नम्बरको बस र काकडभिट्टाबाट धरानका लागि आउँदै गरेको बस एकापसमा ठोक्किँदा घाइते भएका विद्यार्थीमध्ये दुई जना सिकिस्त छन्।


सिकिस्त हुनेमा तीर्थराज बस्नेत र शशी ओझा रहेको विश्व आदर्श कलेजका प्रिन्सिपल लेखनाथ घिमिरेले जानकारी दिए। सो दुर्घटनामा परी घाइते भएका सबै विद्यार्थीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको घिमिरेले बताए।

दुर्घटनामा बसका यात्रु कति घाइते भए भन्ने यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको  छ। प्रहरी निरीक्षक रुद्र चुँडालका अनुसार घाइते यात्रुको धरान, विराटनगरको कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज र न्युरो अस्पतालमा उपचार भइरहे पनि सङ्ख्या एकिन भएको छैन।

 

आधुनिकतातिर

मोरङको इन्द्रपुर- ७ मा न्युनतम खनजोत प्रविधिअन्र्तगत ट्याक्टरबाट खेत जात्दै एक कृषक । परम्परागत जेाताइ प्रणालीलाई कृषकहरुले विस्तारै विस्थापन गर्दैछन् । न्युनतम खनजोत प्रविधिअन्र्तगत ट्याक्टरबाट खेत जोतिँदै । यसले प्रतिघण्टा एक विघा खेत जोते पनि रोपाइका लागि खेत सम्याउन पटाहा लगाउनै पर्ने बाध्यता भने रहेको छ । 
 तस्वीरः सञ्जीव खनाल/रासस
छात्रबृत्तिका लागि रकम हस्तान्तरण

धरान, जेठ २३ गते
पुर्व क्षेत्रीय प्रहरी आवासीय माध्यामिक बिद्यालय धरानमा अध्ययनरत जेहेन्दार छात्र छात्राहरु तथा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुका लागि बिराटचोक मोरङ्गका भोला दुलाले बिद्या नै धर्म हो भन्ने पवित्र उद्देश्यका साथ छात्रबृत्तिको लागि ३ लाख २१ हजार ९ सय १६ रुपैयाको चेक बिद्यालयलाई हस्तान्तरण गर्नुभयो । 
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी बरिष्ठ उपरीक्षक मिङमार लामाको उपस्थितीमा जेठ २० गते आयोजित एक समारोहबीच उहाँले आफनो आमाको नाममा श्रीमती दुर्गादेवी दुलाल एकल महिला ट्रष्ट नामाकरण गरी २० जना जेहेन्दार छात्रछात्राहरुको लागि शैक्षिक सत्र २०६७ साल बैशाखदेखि बिद्यालयको बार्षिक क्यालेण्डर अनुसार अध्यापन गराउने भनी बार्षिक शिक्षण शुल्क, लत्ता कपडा, पाठ्यपुस्तक र स्टेशनरी समेतको लागि उक्त रकमको चेक बिद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

मोरङका अधिकांश गाविसमा यातायात सुविधा

विराटनगर, वैशाख ४ गते । मोरङ जिल्लाका अधिकांश गाविसमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । ६५ गाविस रहेको मोरङ जिल्लामा अहिले ६३ ग्ाविसमा मोटर पुगेको छ । जिल्लामा रहेको २ वटा पहाडी गाविसबाहेक अन्य सबै गाविसमा सडक निर्माण भइसकेका कारण सवारी साधन सञ्चालन भएका हुन् ।

पहाडी क्षेत्रमा रहेका आठ वटा गाविसमध्ये वारङ्घी र रमितेखोला गाविसमा मात्र यातायातको समस्या रहेको छ । यी गाविसमा पनि ट्रयाक खोली सकिएको भए पनि बर्खाको समयमा सवारी साधन सञ्चालन हुन नसकेको हो । अरु समय फाट्टफुट्ट सवारी साधन लाने गरिएको भए पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन ।

यी गाविसमा पनि सडक निर्माण कार्य भइरहेको जिल्ला विकास समिति मोरङका इन्जिनियर ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । पहाडी गाविसमध्ये सिहदेवी र पाटीगाउँमा धनकुटा जिल्लाबाट यातायात सञ्चालन भइरहेका छन् ।

जिल्ला विकास समिति मोरङले सडक निर्माणलाई प्राथमिकतामा राखेपछि सबै गाविसमा सवारी साधन सञ्चालन हुन थालेका हुन् । जिल्ला विकास समितिले सडक निर्माणका लागि यस वर्ष ६ करोड ८५ लाख रुपियाँ छुट्याएको छ । अघिल्लो वर्ष सडक निर्माणका लागि ९ करोड ५१ लाख रुपियाँ बजेट छुट्याइएको थियो ।

विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, पथरी, कानेपोखरीलगायतका क्षेत्रबाट मोरङका ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा छन् । पक्की सडकमा रुपमा विराटनगर-रंगेली र विराटनगरको मुख्य हाई-वे र महेन्द्र राजमार्ग रहेका छन् । त्यस्तै विराटनगरबाट घिनाहाघाट हुँदै विराटचोक जाने सडक जीर्ण भएपछि त्यहाँ मर्मत र पुनर्निर्माण थालिएको छ । जिल्लाका अन्य गाउँमा जाने सडक भने कच्ची छन् । सबै गाविसमा यातायात पुगेपछि कृषि उत्पादनलाई बजार पुर्‍याउन सहज भएको छ ।

मातृऔंसी अर्थात् आमाको मुख हेर्ने दिन
मातृऔंसी अर्थात् आमाको मुख हेर्ने दिनवैशाखकृष्ण अमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । २०६७ सालमा यो पर्व १ गते नै परेकाले नववर्षका साथसाथै यो पर्व पनि मनाइनेछ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा-टाढाबाट आएर ढोगभेट गरी आ-आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन । 

आमा जन्म लिने बालकका लागि जगद्धात्री जगज्जननीको साकार स्वरूप हुन् । आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अविभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले हेर्छाैं, कर्तव्यले पाउ ढोग्छौं र श्रद्धाले खाना ख्वाउँछौं ।

आमा हुनेहरू आमालाई मन पर्ने भोजन ख्वाएर एवं उपहारहरू दिएर यो पर्व मनाउँछन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ कुण्डमा कपाल मुण्डन एवं स्नानशुद्धिपश्चात् आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । त्यहाँ भएको ठूलो पोखरीमा भित्री हृदयले शुद्ध भएर हेरेको खण्डमा आफ्नी मृत आमाको अनुहार देख्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सुसम्पन्न भै महासुख भोग गर्न पाउँछन् भनिन्छ । 

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गंगामाताको स्तुति गर्न थाल्नुभयो । 'माता गंगासमो तीर्थ पुस्कर पिता पुस्कर मे वचः' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो । 

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ,, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन् । यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । 

आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । आफ्नै अङ्गको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि 'ऐया आमा' शब्द निकाल्न पुग्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका छौं । जननी जन्मभूमि हुन्, स्वर्गभन्दा पनि बढी, यो पंक्ति श्रीरामचन्द्रले लंका जितेपछि लक्ष्मणलाई सम्झाउँदै भनेका हुन् । हुन पनि हो, आमा र जन्मिएको धरती स्वर्गभन्दा पनि प्यारो हुन्छ । आमाको मन र ममताका विषयमा एउटा रोचक कथा ः

कुनै एउटी आमा आफ्नो छोरालाई असाध्यै माया गर्थिन् । रहँदा बस्दा छोरो ठूलो हुँदै गएछ र घरमा बुहारी पनि आइछ । बुहारीले उसलाई भिन्न बस्न बाध्य पारिछ । तैपनि छोरो बारम्बार आफ्नो आमालाई भेट्न गैरहन्थ्यो । ऊ आमालाई भेट्न गएको बुहारीलाई पटक्कै मन परेनछ । एक दिन उसकी स्वास्नीले उसलाई आमाको मुटु-कलेजो हातमा लिएर आउन जोड गरी । छोराले दुलहीको ढिपी टार्न सकेन । उसले त्यसै गर्‍यो । बाटो अँध्यारो थियो, जहाँबाट एउटा सानो वन छिचोलेर आउनुपथ्र्याे । त्यो मुटु कलेजोले भन्न थाल्यो- बाबु तँलाई चोट त लागेन ? त्यसपछि छोरो केही पनि बोल्न सकेन । यस्तो हुन्छ आमाको स्नेह । त्यसैले शास्त्रमा आमालाई पनि देवतासरह मानिएको छ- 'मातृदेवो भवः ।' आमालाई तीर्थका रूप पनि मानिएको छ । 

यसैले आमा हाम्री जननी हुन्, देवी हुन्  । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो-कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रस्ट उल्लेख गरिएको छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । संस्कृतमा उक्ति पनि छ ः 'कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति' ।
source:saptahik 
 

ब्राइट फ्युचर च्याम्पियन

विराटनगर , जेष्ठ ८ - जिल्लास्तरीय अन्तरविद्यालय एथलेटिक्सका विभिन्न ९ स्पर्धा जित्दै दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मोरङको मृगौलियास्थित ब्राइट फ्युचर बोर्डिङ स्कुलले जितेको छ ।

उक्त विद्यालयका खेलाडीले छात्राको ४ सय मिटर दौड, १५ सय मिटर, ३ हजार मिटर, सय गुणा ४ रिले, सटपुट, ज्याब्लिङ थ्रो, हाइजम्प तथा छात्रको ५ हजार र ४ सय मिटर दौडमा पहिला भए ।

प्रतियोगितामा सिद्राहाको वाणी माविका विद्यार्थीले चार स्पर्धामा प्रथम स्थान हासिल गरे । यसमा छात्राको लङजम्प र १ सय मिटर दौड एवं छात्रको १५ मिटर र लङजम्प स्पर्धाहरू थिए । विराटनगरको मदर टेरेसा स्कुल छात्रको सय मिटर दौड र सटपुटमा पहिलो भएको छ ।  त्यस्तै कोसी विद्या मन्दिरले छात्रा २ सय मिटर, जनपि्रय माविले छात्र २ सय मिटर र शारदा माविले छात्र हाइजम्पमा प्रथम स्थान ओगटे । छात्रा भलिबलमा विराटनगरको आदर्श बालिका मावि र छात्रतर्फ इडेन नेसनल बोर्डिङ स्कुल पहिलो भएको छ ।


खेलकुद महोत्सवमा ब्राइट फ्युचर प्रथम

मोरङ प्याब्सनले विराटनगरमा चौथो खेलकुद महोत्सव सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको खेलकुद महोत्सवमा मोरङका ६५ निजी विद्यालयका ९ सय  विद्यार्थी खेलाडीका रूपमा सहभागी थिए । निजी विद्यालयस्तरीय खेलकुद महोत्सवमा मृगौलिया सलकपुरको ब्राइट फ्युचर बोर्डिङ स्कुल प्रथम भएको छ ।

महोत्सवमा सहभागी भएर पदक पाउने धेरैजसो विद्यार्थी ग्रामीण भेगका छन् । सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीको तुलनामा गाउँका विद्यार्थीको प्रस्तुति उत्कृष्ट  थियो । ब्राइट फ्युचर मृगौलियाले ७ स्वर्ण, ३ रजत र ३ कांस्यसहित ३० अंकका साथ उपाधि जितेको छ । दुलारीस्थित माउन्ट मकालु बोर्डिङले १ स्वर्ण, ४ रजत र ६  कांस्यका साथ १७ अंक बटुल्दै दोस्रो भएको छ । पहिलो र दोस्रो दुवै ग्रामीण भेगका विद्यालय हुन् । त्यस्तै विराटनगरको मदर टेरेसाले ३ स्वर्ण, ३ रजत र १ कांस्य गरी  १६ अंक ल्याएर तेस्रो भएको छ भने विराटनगरकै कोसी विद्यामन्दिरले ३ स्वर्णसहित ९ अंक बटुल्दै सान्त्वना पुरस्कार पाएको छ । १ सय मिटर र २ सय मिटर दौड तथा  लङजम्पमा गरी तीन विधामा स्वर्ण ल्याउने कोसी विद्यामन्दिरकी जेवा खान महोत्सवकी उत्कृष्ट छात्रा घोषित भइन् । उनले प्याब्सनको चौथो खेल महोत्सवसम्ममा ११  वटा स्वर्ण जितिसकेकी छन् । त्यस्तै महोत्सवमा २ स्वर्ण ल्याउने सगरमाथा सेकेन्डरी बोर्डिङ विराटनगरका सचिन खवास उत्कृष्ट छात्र खेलाडी घोषित भए । 

महोत्सवमा एथ्लेटिक्सका विभिन्न खेल तथा छात्र-छात्राका भलिबल प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा स्टार उच्च मा.वि.ले १-१ स्वर्ण र कांस्य तथा २ रजत,  गोदावरी बेलबारीले १-१ स्वर्ण र कांस्य तथा २ रजत, अन्नपुर्ण पथरीले २ स्वर्ण र १ रजत, सेन्टजोसेफ विराटनगरले १-१ स्वर्ण, कांस्य र रजत पदक प्राप्त गरे । त्यस्तै  शिशु शिक्ष सदन राजघाटले २-२ कांस्य र रजत, जुपिटर स्कुल दुलारीले १-१ स्वर्ण, कांस्य र रजत, माउन्ट मकालु रंगेलीले १-१ स्वर्ण र कांस्य, नमुना विद्यामन्दिर  विराटनगरले २ कांस्य, वाल्मीकि पथरीले १ स्वर्ण र १ रजत पाए । भानु मेमोयिल रंगेलीले १ स्वर्ण, एभरेस्ट विराटनगरले १-१ कांस्य र रजत, रेडस्टार पथरीले १ कास्य र  २ रजत, मुनलाइट झुर्कियाले १ स्वर्ण, अरुणोदय शनिश्चरेले १ कांस्य, शिक्षादीप विराटनगरले १ कांस्य, बूढानीलकण्ठ विराटनगरले २ रजत, डीएभी विराटनगर, बीकेभीएम  विराटनगर र इडेन विराटनगरले १-१ कांस्य तथा मार्ट्स विराटनगरले १ रजत पाए ।

मितेरी बैंक विराटचोकमा

विराटचोक, मोरङ, (नेस), मितेरी डेभलपमेन्ट बैंकले सोमबार विराटचोकमा पाँचौं शाखा विस्तार गरेको छ। 

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर शाखाका मुख्य व्यवस्थापक डा. भुवनेशप्रसाद पन्तले गर्नुभएको थियो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले अहिलेसम्म करिब २७ करोड निक्षेप र करिब २४ करोड कर्जा प्रदान गरिसकेको जानकारी दिनुभयो। शाखा उद्घाटनका दिनमै १ सय ८६ जनाले खाता खोल्नुका साथै करिब ७६ लाख रकम जम्मा भएको वस्तीले जानकारी गराए।

 

गाविसमा समेत प्लटिङ

 

इटहरी, २०६६ पुस ४ - नगरपालिकाको जग्गा सकिएपछि जग्गा कारोबार गर्नेहरू ग्रमीण क्षेत्र खरिद गर्दै प्लटिङ गर्न थालेका छन् ।

 

 

पर्ूवतिर मोरङको सुन्दरपुर, दुलारी, बेलबारी, पश्चिमतर्फपकली, भादगाउ“सिनबारी, उत्तरतर्फहा“सपोवा र दक्षिणका खनार, सोनापुरलगायतका गाविसमा खेतीयोग्य जग्गा घडेरीका रूपमा विकसित हु“दै गएको छ ।

 


'इटहरीमा लगभग जग्गा सकिएको छ,' जग्गाको कारोबारमा संलग्न विष्णुप्रसाद शर्मा भन्छन्, 'नमुना नगरको परिकल्पनाको नारा दिएर गाविसतर्फप्लटिङ सुरु भएको 


छ ।' मधेस आन्दोलनपछि आर्श्चर्यजनक रूपले यस क्षेत्रमा जग्गाको कारोबार बढेको हो । नगरपालिका र गाविसको राजस्व संकलन बढेको छ । हरेक दिन २ करोडभन्दा बढीको जग्गाको कारोबार हुनेगरेको छ । इटहरीसित टा“सिएको हा“सपोसामा गत वर्षप्रतिधुर १ लाख थियो । त्यही घडेरी हालैको एक दिन मोलतोल गर्दा २ लाख २५ हजार रुपैया“भन्दा कम थिएन । 'एक वर्षो अन्तरालमा दोब्बरभन्दा बढी बढेको छ,' जग्गा कारोबारी राजु थापाले भने, 'प्लटिङ गर्न जग्गाकै अभाव हुन थालेको छ ।'


केही वर्षघिसम्म कृषि उत्पादन क्षेत्र इटहरी र आसपास क्षेत्रका जग्गा घडेरीमा भएका छन् । इटहरी, झुम्का, पकली, हा“सपोसा, खनारलगायतका क्षेत्रमा सडक, ढल, बत्तीलगायतका पर्ूवाधारसमेत तयार गरेर खण्डित गरिएका जग्गाको मूल्य छोइसक्दो छैन । खरिद गर्न आउनेको उस्तै भीड छ ।


नगरपालिका र सम्बन्धित गाविस कार्यालयहरूको आम्दानीसमेत एक वर्षता दोब्बर बढेको छ । नगरपालिकाले मात्र झन्डै एक करोड आम्दानी गरेको छ । दशकअघिसम्म गाविस रहेको इटहरीमा जग्गाको मूल्य विभिन्न मूल्यमा वर्गीकरण गर्छन् कारोबारीहरू । 


राजमार्गले छोएको घडेरीलाई 'क' वर्गमा राख्दै प्रति धुर सरदर १५ लाख रुपैया“सम्म छ । राजमार्ग छेउ सहायक मार्गले छोएको 'ख' वर्गको घडेरी सरदर प्रति धुर १ लाख छ । सहायक मार्ग छेउको ग्राभेल सडक छेउ जसलाई 'ग' वर्गमा राखिएको छ, 


५० हजार रुपैया“ प्रतिधुर पाउन मुस्किल छ । 


'अरू कुरा त किन्ने र बेच्नेमा निर्भर रहन्छ' थापा भन्छन्, 'आयश्यकता हेरी मूल्य बढाउने क्रम बढेको छ ।' तीन/चार वर्षघि बिघामा बिक्री हुने पकली, भादगाउ“सिनबारी झुम्का, खनार, सोनापुर, हा“सपोसा, इटहरी र पर्ूर्वी मोरङका दूलारी, इन्द्रपुर, बेलबारीलगायत क्षेत्रका जग्गा राजमार्ग छेउ सबैजसो खण्डित भएका छन् ।


किन यसरी बढिरहेको छ 


मूल्य - जग्गाको कारोबारमा संलग्न अर्का व्यवसायी द्रोण शर्मा पौडेल पहाडी जिल्लाबाट बसाइ“-सराइको क्रम बढेको र विदेशबाट बढीमात्रामा रेमिट्यान्स भित्रिएको कुरालाईमात्र जग्गा कारोबारलाई जोड्न 


चाह“दैनन् । पौडेलले भने, 'लगानी गर्ने वातावरण छैन अन्त कहा“ पैसा लगाउन - जग्गा खरिद गरे स्थीर रहन्छ भन्ने भावनामात्र होइन जातीय आन्दोलनले पनि र्सवसाधारण सुरक्षित थलो खोज्दै हि“डेकाले खरिद-बिक्रीको क्रम बढेको हो ।'



ठूला आयोजनामा असर पुग्न सक्ने


काठमाडौं -कास)- घरजग्गा व्यवसायीले राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाइले सुरु भइसकेका घरजग्गासम्बन्धी आयोजनालाई असर नपुर्‍याए पनि नया“ आउने ठूलो आयोजनालाई भने असर पुग्ने बताएका छन् ।


वित्तीय संस्थाको लगानी बढिरहेको अवस्थामा बिहीबार केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा उनीहरूको कर्जा लगानी २५ प्रतिशतमा सीमित राख्न निर्देशन दिएको थियो । 


'घरजग्गा क्षेत्रमा २५ प्रतिशतमात्र लगानी गर्न सीमित गर्दा पनि यस क्षेत्रमा ४ खर्ब रुपैया“ लगानी हुनसक्छ,' नेपाल ल्यान्ड एन्ड हाउजिङ डिभ्लोपर्स एसोसिएसनका अध्यक्ष इच्छाराज तामाङले भने, 'यस्तो अवस्थामा राम्रो व्यवसायीले चिन्ता मान्नु पर्ने अवस्था छैन । अहिले १ खर्बदेखि १ खर्ब ५० अर्ब रुपैया“मात्र यस क्षेत्रमा आएको छ ।' उनीहरूले स्याटलाइट सिटीजस्ता ठूला आयोजनामा लगानी गर्नेलाई भने नया“ निर्देशनले निरुत्साहित गर्ने बताएका छन् । एसोसिएसनले प्रत्येक विकास क्षेत्रमा दर्ुइवटाका दरले १० स्थानमा आधुनिक स्याटलाइट सिटी स्थापना गर्ने लक्ष्य राखेको छ । एसोसिएसनका महासचिव मीनमान श्रेष्ठले सरोकारवालास“ग छलफल गरेरमात्र बैंकले नया“ निर्देशिका ल्याउनु पर्नेमा जोड दिए ।

source:ekantipur.com

 

 

 


Copyright 2008, Biratchowk.com,All right reserved.