HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

दुर्घटनामा उद्यमीको मृत्यु, चार घाइते

सुनसरी, वैशाख ३० - 
पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा बुधबार साँझ भएका अलग-अलग दुर्घटनामा सुनसरी इटहरीका एक उद्यमीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् । 

पूर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय इटहरीकाअनुसार कोसी राजमार्ग खण्डको इटहरी-भेडेटारमा धरानबाट धनकुटातर्फ गइरहेको को ५ प ४११४ को मोटरसाईकल अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा सुनसरी इटहरी-१ का तयारी पोशाक व्यवसायी मुन्ना अन्सारीको मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, पूर्वपश्चिम राजमार्गको बेलबारी-३ लोहोन्द्रा पुलमा को १ च ४६५० को एम्बुलेन्सले को ७ प ४१७७ को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक इटहरी-२ का ६२ वषिर्य शेर बहादुर बस्नेत र पछाडी बसेका मोतीमाया चौधरी सख्त घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्गकै इटहरी-पथरी खण्डमा को ६ प २४१९ को मोटरसाईकल र बा २६ प ५७४४ को मोटरसाईकल खाँदा झापा गौरादह-४ का राजीव कार्की र मोरङ्ग शनिश्चरे-१ का प्रताप गुरुङ्ग घाइते भएकाछन् । 

Copyright 2008, Biratchowk.com,All right reserved.