HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

  • लुटपार्टगर्न खोज्ने व्यक्ति तरवार तथा छुरीसहित एपिएफ टोलीद्वारा पक्राउ

  • मोरङ
    राजमार्गमा लुटपार्टगर्न खोज्ने मिर्गौलीया ७ घर भएका मंगल चौधरीलाई सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षा वेश सलकपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक टिकाराम खतिवडाको कमाण्डमा खटिएको एपिएफ टोलीले हिजोराति एउटा तरवार र अर्काे एउटा छुरीसहित पक्राउ गरेको छ ।
    उक्त वेशबाट करीब दर्ुइसय मिटर पश्चिममा रहेको राजमार्गमा हिजोराति खुकुरी तथा छुरी बोकेर यात्रुलाई लुटपार्टगर्न खोजेको भन्ने जानकारी प्राप्त हुनासाथै खटिएको एपिएफ टोलीले रातिनै करीब नौ बजे उनलाई पक्राउ गरेको हो ।
    निज चौधरीले पश्चिमबाट पर्ूवतर्फमोटरसाइकलमा जादैगरेका मोरङ इन्द्रपुर ८ बस्ने भरत बास्तोलालाई हिजोराति तरवार देखाई रोक्ने प्रयास गरेको खुल्न आएको छ । सोबारे जानकारी प्राप्त हुनासाथै तत्कालै एपिएफ टोली त्यसतर्फखटिएको थियो । तरवार तथा छुरीसहित एपिएफ टोलीद्वारा पक्राउ परेका निज चौधरीलाई हिजैराति आवश्यक अनुसन्धान कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

  • source:apf.gov.np

Copyright 2008, Biratchowk.com,All right reserved.