HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

अनाथको स्याहार गर्ने आफै अनाथ

         इटहरी /  अनाथ आश्रममा ४० वर्षम्म सहाराबिनाका सन्तानहरुको सेवा-सुसार गरेकी एकजना आमा यतिखेर आपै+m बेसहारा बन्नु भएको छ । मोरङको इन्द्रपुर-५ मा रहेको श्रीकृष्ण प्रणामी आश्रम सञ्चालक समितिका पदाधिकारीले आफ्नो आश्रमको आमा बनाएपछि ४० वर्षम्म माता -आमा) बनेर सेवा गर्ने नर्वदा कार्की र्-नर्वदामाता) यतिखेर बेसहारा हुनु भएको छ । समितिले बिनाकारण निस्काशन गरेकाले हाल उहाँ धरानमा दिनदिनै नयाँ नयाँ बास खोज्दै भौतारिरहनु भएको छ ।
२०२८ सालमा आफ्नो भएभरको श्रीमती आश्रमलाई सुम्पिएर अनाथहरुको सहारा बनेकी उहाँको दिन-रात रुँदै बितेको आमाले हर्ुकाएका छोरा सौरभले बताउनुभयो । आफूलाई एक वचन नसोधी  नयाँ माता ल्याइएको सौरभले बताउनुभयो । समितिले राजनीति गर्दै  आफू र आफ्नी वृद्धा आमालाई निकालेर अन्याय गरेको उहाँले भनाइ छ । २०३६ सालमा 'माताजी' को पदवी पाएर सो आश्रममा बस्नु भएकी नर्मदा माताले १ सय बढी अनाथहरुलाई हर्ुकाउनुभएको छ । 'म्ौले अनाथ आश्रमलाई टिकाउन र अनाथ छोराछोरीलाई पाल्नका लागि काठमाडौं, चितवनसम्म पुगेर दान उठाएर आश्रम चलाएँ । तर, अहिले बस्नका लागि एउटा कोठासम्म दिएनन् ।' नर्मदा माताले भन्नुभयो । उहाँलगायत सञ्चालक समितिले दान-दाताहरुको सहयोगमा अहिले ४० कोठाको विशाल अनाथ आश्रम बनेको छ ।
आश्रम सञ्चालक समितिका अध्यक्ष उद्धव रिजालले भने नर्वदाले 'माताजी' को पदवी पाएपनि पछिल्लो समयमा माताको भूमिका निर्वाह नगरी अनाथ आश्रमको नाममा उठाएको सहयोग तेह्रथुममा उहाँले खोलेको अर्को अनाथाश्रममा लैजाने गरेको पाइएकाले बाध्य भएर कार्वाही गर्नु परेको बताउनुभयो ।र्
नर्मदा मातालाई आर्थिक कारोवारको जिम्मेवारी नदिए पनि खान-बस्नका लागि आश्रमभित्रै राम्रो व्यवस्था गर्ने बताउँदा पनि नमानेको रिजालको दावी थियो । 'अहिले पनि आर्थिक कारोबार हर्ेर्दिनँ भनेर आए सम्मानका साथ आश्रममै राख्छौं ।' रिजालको भनाइ थियो ।

source:blast times

Copyright 2008, Biratchowk.com,All right reserved.