HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

करोडको घरमा गाई–भैंसीलाई कुँडो
      इटहरी। नेपाली जनता खान, लाउन र बस्ने ठाउँ नपाएर भोकभोकै मर्नुपर्ने अवस्था विद्यमान रहेका बेला मोरङको एउटा गाउँमा अवस्थित एक करोड रूपैयाँबराबरको सरकारी अड्डा विगत चार वर्षदेखि गाई–भैंसीको आवासगृह बन्न पुगेको छ।
बीस वर्षअघि ०४५ सालमा निर्माण गरिएको दुईतले कृषि विकास बैंक भवनको हविगत यस्तो भएको हो। मोरङको इन्द्रपुरस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको तीन का जग्गाको कम्पाउन्डभित्र निर्मित भवनमा जम्मा १२ कोठा रहेका छन्। दुई तलामध्ये दोस्रो तलामा कृषि विकास बैंक इन्द्रपुर शाखाका पियन गणेशबहादुर कार्की सपरिवार बसेका छन्। उनले पहिलो तलामा गाई–भैंसी र बाख्राको गोठ र खोरको रूपमा बैंक भवनलाई परिणत गरेका छन्। ०५९ सालमा माओवादीले प्रेसरकुकर बम पड्काएपछि बैंकको शाखा इटहरीमा लगी सञ्चालन गरिएको थियो। ०६४ साउन १ गते शाखा इन्द्रपुरमै त सारियो, तर झ्याल फुटेर सामान्य 212ति भएको कार्यालय भवनमा बैंक पुनर्स्थापित गरिएन। विराटचोकमा रहेको सविता गुरुङको घर मासिक २२ हजार भाडा तिर्नेगरी भाडामा लिइयो र त्यहीँबाट हालसम्म काम–कारबाही सञ्चालन गरिँदै आएको छ। हाल तिरिरहेको भाडाको एक/दुई महिनाको खर्च पुरानो भवनमा गरे आफ्नै भवनमा बैंक सञ्चालन हुन सक्छ, तर त्यसो गरिएको छैन। बरु पुरानो कार्यालय भवन गाईवस्तु गोठमा परिणत गराइएको छ।
हालको मूल्यअनुसार अत्याधुनिक प्रविधिबाट बनाइएको बैंक भवन र जग्गाको दाम करिब एक करोड रूपैयाँ पर्छ। कार्यालय सञ्चालन गरी हाकिमलाई आवाससमेत पुग्ने क्षमताको बैंक भवन पशुको आवासगृह बनेको छ।
मोरङको इन्द्रपुर, बेलबारी, सुन्दरपुर, केराबारी, लेटाङलगायत उत्तरी मोरङका १६ गाविसका जनतालाई सेवा दिन बैंकको शाखा खोलिएको हो। त्यस क्षेत्रका जनताले सामान्य सुविधा त पाएका छन्, तर जनताकै पसिनाबाट आर्जित करोडौं सम्पत्ति खेर गइरहेको छ।

source:weeklynepal.com

Copyright 2008, Biratchowk.com,All right reserved.