HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

पूर्वाचल विश्वविद्यालय भ्रष्टचार र वेवास्ताको सिकार

विराटचौक १३ कातिक/दश वर्षअघि निर्माण भएको पूर्वाचल विश्वविद्यालय व्यवस्थापन पक्षका कारण लापर्वाहीको शिकार भएको ठहर गर्दै स्थानीयवासीले आन्दोलन गर्ने भएका छन् ।
मोरङको गोठगाउँमा रहेको विश्वविद्यालय उपकुलपती रामअवतार यादवले संचालन सम्बन्धी उचित नीति निर्माण गर्न नसक्दा विद्यालयको विकास हुन नसकेको भन्दै उनीहरुले आन्दोलन थाल्ने भएका हुन् । 
आठ वटा पक्की भवन सहितको भौतिक संरचनाले सम्पन्न भएतापनि विश्वविद्यालय सहयोग तथा समन्वय समिति अध्यक्ष लोकप्रसाद संग्रैालाले विश्वविद्यालय राजतीनि र आर्थिक हिनामिनाको केन्द्र भएको आरोप लगाउनु भयो । विश्वविद्यालयमा शिक्षण तथा मेडिकल विभाग भएतापनि व्यवस्थापनको अभाव रहेको उहाँको भनाई छ । नेपाल मेडिकल काउ_िन्सलमा राम्रो समन्वय र पहल नहुँदा काउ_िन्सलले यसपटक पनि पूर्वााचल विश्वविद्यालयलाई स्वास्थ्य सेवा साचालन गर्ने स्वीकृति नदिएको उहाँको गुनासो छ । 
यादवले विराटनगरमा नै कार्यालय खोलेर बसेका कारण गोठगाउँस्थित विश्वविद्यालय देखाउने दाँत मात्र भएको स्थानीयवासीले बताए । विश्वविद्यालय परिसरभित्रै कार्यालय भवन निर्माण गर्नुपर्ने नेपाल मेडिकल काउ_िन्सलबाट स्वीकृती प्राप्त गरी तत्काल मेडिकल कलेज साचालन गर्नुपर्ने विश्वविद्यालयमा भएको भ्रष्टाचारको तत्काल छानबिन गर्नुपर्ने विश्वविद्यायमा कर्मचारी छान्दा योग्यता र क्षमताका आधारमा स्थानीयलाई प्राथामिकता दिनुपर्ने लगायतका माग राखेर आफूहरु आन्दोलनमा उत्रने उनीहरुले उद्घोष गरेका छन् । 
४० करोडको लागतमा निर्माण भएको उक्त विश्वविद्यालयमा दुई ओटा छात्रावास भवन दुई ओटा प्रोफेसर क्वाटर एउटा प्रशासनिक भवन एउटा शिक्षण भवन ओपिडि तथा इमरजे_िन्सको एउटा भवन तथा एउटा अन्र्तरङ्ग विभाग गरी ८ ओटा भवनहरु छन् । साचालनमा नआउँदै असुरक्षित बनेका कारण ती संरचनाहरु न्ााजुक अवस्थामा पुगेका छन् ।
्विश्वविद्यालयको मेडिकल विभागमा दक्ष जनशक्ति ल्याएर राम्रो व्यवस्थापन गर्न सकेको खण्डमा धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा विरामीको चाप घट्ने संग्रौलाले बताउनु भयो ।
विश्वविद्यालयको विषयलाई
         आफूहरुले मन्त्री तथा
         प्रधानमन्त्री स्तरमा
         समेत पुर् याएको समितिले
         बताएको छ । 
डुबेर एकको मृत्यु

 

मोरङ, ६ भदौ । मोरङको इन्द्रपुरमा आइतबार विहिन पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार साँझ घरबाट हराएका इन्द्रपुर ८ का ५० बर्षीय घण्टबहादुर माझी को नजिकैको खाल्डोमा जमेको पानी डुबेर मृत्यु भएको हो । उनलाई आइतबार मृत अवस्थामा आइतबार बिहान स्थानीयबासीले फेला पारेको इलाका प्रहरी कार्यालय बेलाबारीले जनाएको छ ।

 

सडक दुर्घटनामा ५ घाइते

शेखर ढकाल
इटहरी २० साउन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङ र झापामा बुधबार राती भएको मोटरसाइल दुर्घटनामा पांचजना गम्भिर घाइते भएका छन् ।
मोरङको डांगीहाट ५ स्थित राजमार्गमा पूर्व गइरहेको को ७ प २२२८ नम्बरको स्कुटर अनियन्त्रीत भई कल्भर्टमा ठक्कर खाई दुर्घटना हुंदा एक युवक गम्भिर घाइते हुनु भएको छ । घाइते हुनेमा इन्द्रपुर ५ विराटचौकका ३५ वर्षीय रुद्रप्रसाद भण्डारी रहनु भएको छ । राती सांढे ११ वजे दुर्घटनामा परी गम्भिर घाइते हुनु भएका भण्डारीको भारतको सिलीगुढीमा उपचार भइरहको मोरङ प्रहरीले जनाएको छ ।
त्यस्तै झापाको सतासीधाम ७ स्थित राजमार्गमा राती सांढे ९ वजे दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खांदा भएका दुर्घटनामा चार जना गम्भिर घाइते हुनु भएको छ । घाइते हुनेमा मोटरसाइकल चालकहरु सतासीधाम ७ का विशाल खड्का, देवी दाहाल, पछाडी बस्ने स्थानिय घनश्याम पोखरेल र तोपगाछी १ का विष्णु गुरुङ रहनु भएको छ ।
घाइते मध्ये चालक खड्का र दाहालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पोखरेल र गुरुङको दमक स्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पूर्व गइरहेको मे २ प २७२३  र विपरित दिशावाट आएको मे २ प ४७८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा प्रधानाध्यापकको मृत्यू , दुई जना घाइते

  • सुदिप कोइराला

 

मोरङ्ग, ३२ असार  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लावारीमा शुक्रबार विहान बसको ठक्करवाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लावारी १ आइतवारेका ४५ वर्षिय प्रेमराज भण्डारी रहेका छन् । 
    पुर्वतर्फ जाँदै गरेको ना ३ ख १४४१ नंम्बरको यात्रुवाहक वसले उर्लावारी ६ स्थित मंगलवारेमा सडक पार गर्दै गरेका साइकलयात्री भण्डारीलाई ठक्कर दिई गम्भीर  घाईते बनाएको हो । उनको उपचारको क्रममा विहान ९ वजे प्राथमिक स्वास्थ्य केन्द्र मंगलवारेमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 
     भण्डारी मंगलबारे स्थित चन्दने स्कुलका प्रधानाध्यापक रहेका छन् । उनी विद्यालय ब्यबस्थापन समितीको बैठकमा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।  ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिइ आवश्यक कारबाही अघि बढाएको जनाएको छ । 
    यसैबीच बिहीबारराती मोरङका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत इन्द्रपुरमा मोटरसाइकलको ठक्करवाट एक साइकल यात्री बृद्ध गम्भीर घाईते भएका छन् । घाईते हुनेमा इन्द्रपुर ३ का ६० वर्षिय गोपाल थापा रहेका छन । वा ३८ प ५३१६ नंम्बरको मोटरसाइकलले इन्द्रपुर ४ मा साइकलमा सवार थापालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । घाइते थापाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 
    यस्तै बिराटनगर ३ मा स्कुटर अनियन्त्रित  भइ दुर्घटना हुँदा एक युवती घाइते भएकी छन । बिहीबारराती ९ बजेततिर बिराटनगर ३ सोमबारे हाट नजिकै बा ३२ प १९८४ नंबरको मोटरसाइकल अनियत्रित भइ दुर्घटना हुँदा बिराटनगर ५ की २३ बर्षीया रोशनी पोखरेल घाइते भएकी हुन । घाइते पोखरेलको हाल नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीले बताएको छ । 

 


डिपार्टमेन्ट आर्कषण
2010-05-10      पुर्वि नेपालमा बजारहरुको विकाससगैं डिपार्टमेन्ट स्टोर प्रतिको आर्कषण पनि बढ्दो छ । पुर्वका विभिन्न ठुलाशहरहरुसगैं साना बजारहरुमा पनि डिपार्टमेन्ट स्टोर खुल्नेक्रम तिव्र छ ।
पुर्वका विभिन्न शहर र बजारमा गरि दुईदर्जन बढी डिपार्डमेन्ट स्टोर खुलिसकेका छन । अझै धेरै बजारमा यस्ता स्टोर खुल्ने क्रममा छन । सुनसरी र मोरङ जिल्लामा अरु जिल्लामा भन्दा धेरै नौ\नौ वटा डिपार्टमेन्ट स्टोर सञ्चलनमा छन । सुनसरीको इटहरीमा ४ वटा, धरानमा ३ वटा, तरहरामा २ वटा डिपार्टमेन्ट स्टोर छन । त्यस्तै मोरङ सदरमुकाम विराटनगरमा एउटापनि डिपार्टमेन्ट नभएपनि विराटचौक, बेलबारी, पथरी र उर्लाबारीमा दुइ\दुइ वटा र लेटाङमा एउटा डिपार्टमेन्ट स्टोर सञ्चालनमा छ । झापाको दमक र विर्तामोडमा दुइ\दुइवटा डिपार्टमेन्ट स्टोर छन भने इलाम र पाँचथरमा एक \एक वटा डिपार्टमेन्ट स्टोर छन ।
डिपार्टमेन्ट
डिपार्टमेन्ट
इटहरी

पुर्वमा
डिर्पाटमेन्ट स्टोर सञ्चालन गर्न सुरुमा धेरै लगानी गर्नु परे पनि यो निरन्तर चलिरहने भएकाले फाइदा हुने बताउँछन् सनराइज डिपार्टमेन्ट स्टोरका सञ्चालक जीवन नेपाल । २०५७ सालमा ३० लाख बढी लगानी गरेको डिपार्टमेन्ट स्टोरमा अहिले डेढ करोड बढी लागनी भैसकेको नेपालको भनाई छ । सुरुमा ६ हजार प्रकारका सामाग्रीबाट सुरु गरिएको डिपार्टमेन्ट स्टोरमा अहिले ४० हजार भन्दा बढी प्रकारका सामानहरु रहेको सनराइज डिपार्टमेन्ट स्टोरले २ दर्जन बढीलाइ रोजगारी पनि दिएको छ ।
बढ्दो शहरीकरणसगै पुर्वमा डिपार्टमेन्ट स्टोर खुल्नेक्रम बढेको भु पु गोरखा डिपार्टमेन्ट स्टोर इटहरीको सञ्चालक समितिका सदस्य मिनबहादुर गुरुङको अनुमान छ । गुरुङ डिपार्टमेन्ट स्टोरलाई विकासको एउटा पाटो मान्छन् । तर पुर्वमै सबैभन्दा ठुलो डिपार्टमेन्टले परिचित इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आर्चाय भने सबैलाई समान मुल्यमा सामाग्रंी उपलब्ध गराउन आफुले डिपार्टमेन्ट स्टोर खोलेको बताउँछन् । पुर्वमा सबैभन्दा पहिले खुलेको आफ्नो डिपार्टमेन्टमा नेपालको विभिन्न जिल्लमात्र नभएर भारतको विहार पश्चिम बङ्गाल, दार्जिलिङ, सिक्किम लागतका ठाउबाट उपभोक्ताहरु आउने गरेको आर्चायले जानकारी दिए ।
डिपार्टमेन्ट स्टोरका सामानमा विश्वसनियता, उचित मुल्य र सामानको उपलब्धताले गर्दा पनि उपभोक्ताहरु अरु पसल भन्दा डिपार्टमेन्ट स्टोर तर्फ आकर्षित भएको आचार्यको अनुभव छ । पुर्वाञ्चलको विभिन्न बजारमा रहेका यस्ता धेरै डिपार्टमेन्ट स्टोरले उपभोक्तालाई सुविधा पुर्याएका छन । शहरमा मात्र नभएर ग्रामिण बजारमा खुलेका यस्ता डिपार्टमेन्ट स्टोरले समान किन्न टाढा टाढा जानुपर्ने बाध्यताबाट ग्रमिण भेगका सर्वसाधारणलाइ मुक्त पार्न खोजेको छ । अर्कातर्फ यस्ता डिपार्टमेन्ट स्टोरले रोजगारी पनि सिर्जना गरेका छन । गोरखा डिपार्टमेन्ट स्टोरले मात्र एकसय ४८ जनालाई रोजगारी दिएको छ ।
यसरी डिपार्टमेन्टमा उपभोक्ता र लगानीकर्ताको बढ्दो आकर्षण जस्तै यी स्टोरहरुलाई व्यवस्थित बनाउँदै अनुगमन गर्नै सम्यन्त्र बनाउनु पनि आवश्यक रहेको छ 


नयाँ वर्षमा नयाँ प्रण

यतिबेला हामी नयाँ वर्षको स्वागतमा छौं । बितेको वर्षमा भएका कमी कमजोरीहरूलाई सच्याएर आउँदो वर्षलाई कसरी फलदायी बनाउने भनेर सोच्नुभएको छ ? निश्चय नै नयाँ वर्षको स्वागतसँगै आउँदो वर्षलाई अर्थपूर्ण बनाउन केही इच्छाशक्ति आवश्यक छ । सकारात्मक इच्छाशक्ति र त्यसको नियमित अभ्यासले जीवनमा परिवर्तन ल्याउँछ ।

कुनै एक शत्रुलाई माफ गरिदिनुहोस् 

सानोतिनो वादविवादका कारण पनि साथीभाइ वा आफन्तबीच मनमुटाव हुन सक्छ । यसरी सधैभरि कसै न कसैसँग शत्रुता साँधेर बस्नु त्यति राम्रो होइन । त्यसैले यस्तो अवस्था भोगिरहनुभएको छ भने उसलाई माफ गरेर पुनः मित्रवत् व्यवहार गर्नुहोस् । यसले तपाईंको सोच र हृदय विशाल छ भन्ने देखाउँछ । 

कुनै एक गलत लत छाड्नुहोस्

आफ्नो जीवनलाई गम्भीरतापूर्वक नियाल्नुहोस् । आफू कुनै न कुनै गलत लत हुनसक्छ । यस्तो गलत लतलाई त्याग्नुहोस् ।

आठ करोड डलरको मेसिनको ख्याल गर्नुहोस् 

यो कुरा सुनेर तपाईंलाई आश्चर्य लाग्नसक्छ कि मानव जीवनको मूल्य ८ करोड डलर बराबर छ । यति मूल्यवान् शरीरसँग आफैंले कुनै किसिमको खेलबाड गरिरहेको हुनसक्छ । त्यसैले आफ्नो शरीर स्वस्थ्य राख्न कुनै एक प्रण गर्नुहोस् । यो नियमले स्वास्थ्य सन्तुलित राख्छ र जीन्दगीको दौड अरू तीव्र भएको महसुस हुनेछ । 

जीवनसाथीको कुनै एक तनाव हटाइदिनुहोस्

यो वर्ष आफ्नो जीवनसाथीको कुनै एक तनाव हटाइदिनुहोस् । यसले पारिवारिक वातावरण सुखमय हुनेछ । 

सन्तानका लागि साताको ७ घण्टा 

बाल मनोवैज्ञानिकहरूका अनुसार व्यस्त जीवनशैलीमा मानिसले आफ्ना बालबच्चाका लागि व्यक्तिगत रूपमा साताको ७ घण्टा दिनु पर्याप्त हुन्छ । 

मातापितालाई प्यारो उपहार 

आफ्ना मातापिताका लागि जे गरिरहनुभएको छ त्यसबाहेक यो नयाँ वर्ष उहाँहरूलाई मन पर्ने कुनै एक उपहार दिनुहोस् वा उहाँहरूको कुनै इच्छा पूरा गरिदिनुहोस् । उहाँहरूले तीर्थयात्रा वा कुनै दान पूण्य गर्न चाहे पूरा गरिदिनुहोस् । उहाँहरूको मुहारमा छाएको खुसी नै तपाइर्ंका लागि अमूल्य उपहार हो । 

दमदार सपना देख्नुहोस् 

यदि सपना नै नहुँदो हो त संसारमा कुनै पनि आविष्कार हुने थिएन । त्यसैले कुनै अर्थपूर्ण सपना देख्नुहोस् । त्यो सपनालाई चोट नपुर्‍यानुहोस् नत कसैलाई चोट पुर्‍याउने अनुमति नै दिनुहोस् । 

हरेक महिना एउटा पुस्तक पढ्नुहोस्

संसारमा कसैले तपाईंलाई धोका दिन सक्छ तर तपाईंले आर्जन गरेको ज्ञानले कहिल्यै धोका दिनेछैन । त्यसैले हरेक महिना एउटा न एउटा उपयोगी पुस्तक पढ्नुहोस् । 

साताको एक घण्टा ईश्वरका साथ

हरेक हप्ता ईश्वरका साथ एक घण्टा बिताउनुहोस् । यो एक घण्टाले मानसिक एवं आत्मिक व्याट्री चार्ज गर्नेछ । आफ्नो कुनै गोप्य कुरा कसैसँग बाँड्नु छ भने, भगवान्का सामु बाँड्नुहोस् । कमसे कम गोप्य कुरा चुहावट हुने सम्भावना त रहँदैन । 

एक दान महादान

यो वर्षलाई सन्तुष्टिले भरपूर बनाउन कुनै एक गरिब बालकको शिक्षाको खर्च उठाइदिनुहोस् । फि, कपडा वा पुस्तकका लागि प्रायोजन गरिदिनुहोस् । जब त्यो बालक कुनै माथिल्लो दर्जामा पुग्नेछ, तब उसले पनि कुनै अर्को असहायलाई सहयोग गर्नेछ । यसरी यो क्रमले निरन्तरता पाउनेछ ।

कुनै एक व्यक्तिसँग क्षमा माग्नुहोस् 

त्यस्तो व्यक्ति जसलाई तपाईंले धोका दिनुभएको छ, दिल दुखाउनुभएको छ वा नराम्रो बोली-व्यवहारबाट अपमान गर्नुभएको छ । आफूमा साहस बटुलेर ऊसमक्ष क्षमा माग्न जानुहोस् । यसबाट तपाईंले हल्का अनुभव गर्नुहुनेछ । 

भीडमा बोल्ने प्रयास गर्नुहोस् 

अति प्रतिभाशाली व्यक्ति पनि यदि आफ्नो प्रतिभालाई प्रभावशाली शब्दमा उजागर गर्न सक्दैनन् भने उनको प्रतिभाको उचित मूल्यांकन हुन सक्दैन । त्यसैले साहस बटुलेर पूर्ण तयारीका साथ श्रोताको भीडको सामना गर्न थाल्नुहोस् ।



सर्पको डसाइबाट वालकको मृत्यु

सञ्जीव चापागाई,झापा १८ चैत

चिकित्सकको लापरवाहिका कारण विरामिको मृत्यु भएको भन्दै मृतकका आफन्तले
झापाको दमक स्थीत नमस्ते हेल्थ केयर सर्पडसाई केन्द्रवाट सव नवुझी आन्दोलनमा उत्रिएका छन। मोरङ्ग इन्द्रपुर ८ का नवराज चापागाईका ३ वर्षिय छोरा सुगमलाई सर्पले डसेपछि उपचारका लागि दकक–१३ स्थीत सो केन्द्रमा भर्ना गरीएको थियो। उनको गयराति साढे ९ वजेतिर केन्द्रमै मृत्यु भएपछि उपचारमा लापरवाहि भएको भन्दै मृतकका आफन्तले उपचार केन्द्रवाट सव उठाउन नमानेका हुन।
अहिले सोहि विषयलाई लिएर इलाक प्रहरी कार्यलय दमकमा अस्पताल,पिडित पक्ष र
प्रसासन विच छलफल भइरहेको छ।घटनालाई लिएर अस्पतालमा तनावसमेत उत्पन्न
भएको दमक प्रहरीले जनाएको छ।

source:dainikee.com

 

विराट महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार

इटहरी, फागुन २५ (नागरिक)- मोरङको इन्द्रपुरमा सञ्चालित विराट महोत्सवमा ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मोरङ, झापा, सुनसरीलगायतका जिल्लाका १ लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सवमा सबैभन्दा बढी अटोमोबाइलको कारोबार भएको छ। अध्यक्ष भोलाप्रसाद दुलालले भने- सोचेभन्दा बढीले अबलोकन गरे, कारोबार पनि सोहीअनुसार भयो। यसले हौसला बढेको छ।
ग्रामीण क्षेत्रमा सञ्चालन भए पनि शहरी क्षेत्रमा भन्दा बढी चहलपहल रहेको महोत्सवमा अटो मोवाइल्स, कृषि, ब्याङ्कर्स, आइटी र लुब्रिकेन्ट गरी १ सय ३ वटा स्टल राखिएको थियो। ९ वटा छुट्टै होटलको स्टल पनि राखिएको थियो। महोत्सव अवधिभर चर्चित राष्ट्रिय र स्थानीय कलाकारले दिनहुँ प्रस्तुति गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए 

 


Copyright 2008, Biratchowk.com,All right reserved.